+
+
Shares

मौसमको सूचना लिएरमात्र पदयात्रा गर्न पर्यटन विभाग, बोर्ड र एनएमएको आह्वान

पर्यटकलाई कुनै सहयोग र सहजीकरण आवश्यक परे स्थानीय सरकार, स्थानीय प्रशासन, पर्यटन विभाग र पर्यटक प्रहरीसँग सम्पर्क गर्न भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले १० देखि १२ कात्तिकसम्म वर्षा र हिमपात हुने सम्भावना भएको सूचना निकालेको छ।
  • पर्यटन विभागले पदयात्रामा निस्कनुअघि आधिकारिक मौसम सूचनामा आधारित निर्णय लिन पर्यटकलाई सूचित गरेको छ।
  • नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले मौसमी अवस्थाबारे सूचित गर्दै सुरक्षा सतर्कता अपनाउन आह्वान गरेका छन्।

११ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको आधिकारिक सूचनाका आधारमा मात्र पदयात्रामा निस्कन पर्यटन विभागले पर्यटकलाई सूचित गरेको छ ।

मौसम विज्ञान विभागले १० देखि १२ कात्तिकसम्म नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको सूचना निकालेको थियो । यति हुँदा पनि विभिन्न स्थानमा आन्तरिक तथा वाह्य पर्यटक प्रभावित भएको खबर सार्वजनिक भएका छन् ।

विभागले पर्वतारोहण र पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटक, पदयात्री र पर्वतारोहीलाई उच्च सतर्कता अपनाउन भनेको छ । साथै, सुरक्षित स्थानमा रहन समेत सूचित गरिएको छ ।

पर्यटकलाई कुनै सहयोग र सहजीकरण आवश्यक परे स्थानीय सरकार, स्थानीय प्रशासन, पर्यटन विभाग र पर्यटक प्रहरीसँग सम्पर्क गर्न समेत भनिएको छ ।

अनुकूल मौसमको सुनिश्चितता भएपछि मात्र पदयात्रा र पर्वतारोहण गर्नसमेत सूचित गरिएको छ । विभागले विशिष्ट परिस्थितिमा सहुलियतपूर्ण मूल्यमा गुणस्तरीय सेवा र आतिथ्य दिएर सहयोग गर्न समेत आह्वान गरिएको छ ।

आजै नेपाल पर्यटन बोर्डले समेत एडभाइजरी जारी गर्दै मौसमी अवस्थाबारे सूचित गरेको छ । उता, नेपाल पर्वतारोहण संघ (एनएमए) ले समेत मौसमी सूचनाका आधारमा सुरक्षा सतर्कता साथ पदयात्रा गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?