+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण धनगढीमा सुरु

तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट करिब ३५ पत्रकार सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त पहलमा तीन दिने पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ।
  • तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट करिब ३५ पत्रकार सहभागी छन् र स्थानीय पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारिताको भूमिका बढाउने लक्ष्य राखिएको छ।
  • तालिममा सहभागी पत्रकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता र पर्यटन सम्भावना अवलोकन गर्दै उच्चस्तरको फोटो–डकुमेन्टेसन तयार गर्नेछन्।

४ मंसिर, काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कैलालीसँग सहकार्यमा तीन दिने तालिम सञ्चालन गरिरहेको हो ।

पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, ब्रान्ड प्रमोसन तथा स्थानीय समुदायको पर्यटन सहभागिता वृद्धि गर्ने उद्देश्य सहित आयोजना गरिएको तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट करिब ३५ पत्रकार सहभागी छन् ।

उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले तालिम प्रदेशकै पर्यटन अभियान सुदृढ बनाउन कोशेढुंगो बन्ने बताए ।

पत्रकार महासंघ कैलाली अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमतावृद्धि र गुणस्तरीय सामग्री उत्पादनमा यस्ता तालिम आवश्यक रहेको बताए । एनएफपीजे अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको आधारभूत साधन भएको बताए ।

तालिमका सहभागीले फिल्ड अभ्यास क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु, घाँसेमैदान, प्राकृतिक आकर्षण र पर्यटन सम्भावना अवलोकन गर्दै उच्चस्तरको फोटो–डकुमेन्टेसन तयार गर्ने छन् ।

पहिलो सत्रमा पर्यटन बोर्डका सञ्चार परामर्शदाता दीलिपप्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिएका थिए ।

यसअघि पहिलो संस्करण कोशी प्रदेश विराटनगरमा तालिम सञ्‍चालन गरिएको थियो । तेस्रो संस्करण गण्डकी प्रदेश पोखरामा सञ्‍चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?