
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले स्थलमार्गबाट नेपाल भित्रिने पर्यटक आवागमन व्यवस्थित गर्न पर्यटन सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।
- राष्ट्रिय विकास समस्या समाधान समितिले तीन महिनामा अध्ययन गरी प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिवेदनका आधारमा निर्देशिका र कार्यान्वयन योजना बनाउनेछ।
१६ साउन, काठमाडौं । सरकारले स्थलमार्गबाट नेपाल भित्रिने पर्यटक आवागमन व्यवस्थित, सहज र प्रवद्र्धन गर्न पर्यटन सेवा केन्द्र स्थापना गर्ने भएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औं बैठकले तीन महिनाको समय दिएर उक्त प्रयोजनका लागि अध्ययन गर्ने निर्णय गरेको छ ।
आवश्यक संरचना, सहज प्रक्रिया, एकीकृत अभिलेख व्यवस्थापन र सेवा सहजीकरणमा सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य, समन्वय र साझा दृष्टिकोण तथा संरचना र कार्यविधि बनाउने सन्दर्भमा आवश्यक नीतिगत प्रस्ताव गर्न समिति गठन गरिएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा सरोकारवाला निकाय सम्मिलित समितिले ३ महिनाभित्र प्रतिवेदन बुझाउने गरी तोकिएको छ ।
प्रतिवेदनका आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका र कार्यान्वयन योजना बनाउने छ । नेपाल पर्यटन बोर्डको सहजीकरणमा प्रमुख सीमा नाकामा पर्यटन सेवा केन्द्र स्थापना गरिने समितिको निर्णयमा उल्लेख छ ।
प्रतिक्रिया 4