+
+

नेपालका होटलमा वर्ष दिनमा २ करोड ८ लाख पाहुना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते २०:२२
फाइल तस्वीर

१८ पुस, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका होटलमा एक वर्ष अवधिमा २ करोड ८ लाख पाहुनाले आवास सेवा लिएको देखिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार एक वर्षमा तारे होटलमा मात्र १९ लाख १२ हजार २ सय ७४ पाहुनाले आवास सुविधा लिएका छन् । ताराविहीन होटल तथा लजमा १ करोड ७७ लाख २१ हजार ९ यस ९३ पाहुनाले सेवा लिएको तथ्यांकमा देखिएको छ ।

रिसोर्टहरूमा भने ७ लाख ४२ हजार ७ सय ४८ पाहुना पुगेका छन् । होमस्टेमा ४ लाख ३६ हजार १ यस ३५ पाहुना पुगेका छन् । कार्यालयले १ साउन २०७९ देखि ३० असार २०८० सम्मको तथ्यांक आधार मानेर यो सर्वेक्षण सार्वजनिक गरेको हो ।

एक वर्ष अवधिमा सबैभन्दा धेरै बागमती प्रदेशका होटलले ७३ लाख ३९ हजार पाहुनालाई सेवा दिएका छन् ।

८३ प्रतिशत पाहुना नेपाली

होटलमा सेवा लिनेमध्ये ८३ प्रतिशत पाहुना नेपाली रहेको देखिएको छ । भारतीय ६.५ प्रतिशत र चिनियाँ १.५ प्रतिशत छन् । यसबाहेक ८.७ प्रतिशत पाहुना भने अन्य देशका रहेको सर्वेक्षणमा छ ।

कुन प्रयोजनमा होटल सेवा लिन्छन् ग्राहक ?

तथ्यांक अनुसार पर्यटकीय उद्देश्यले सबैभन्दा धेरै पाहुना होटलको सेवा लिन पुग्ने गरेका छन् । जसमा धार्मिक पर्यटक जोडिएको छैन । यस्तो संख्या एक वर्षमा ४१ लाख ८९ हजार ४६ छ ।

मनोरञ्जन प्रयोजनमा होटल सेवा लिने ३० लाख २९ हजार ३ सय ८५ छ । व्यक्तिगत कामका लागि होटल सेवा लिने ग्राहक संख्या २७ लाख ३९ हजार ३ सय ९९ छ ।

व्यापार/व्यवसायका सिलसिलामा होटल सेवा लिने पाहुना २६ लाख १७ हजार ८ सय १० छन् । धार्मिक प्रयोजन र घुमफिरमा निस्किएका २४ लाख ८२ हजार ४ सय ७२ जनाले समेत होटल सेवा लिएका छन् ।

नेपालमा धेरैजसो पाहुनाले होटललाई चेक वा नगद भुक्तानी दिने गरेका छन् । यस्तो संख्या ८४.९ प्रतिशत छ । डिजिटल ट्रान्सफर (कनेक्ट आईपीएस, ईसेवा, खल्ती, क्यूआर कोड) सहित माध्यमबाट १४.१ प्रतिशत पाहुनाले भुक्तानी गरेको समेत तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?