+
+
Shares

‘बुद्धिस्ट इन्टरनेस‍नल ट्राभल मार्ट’ काठमाडौंमा सुरु

तीन दिनसम्म चल्‍ने मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान लगायतबाट १ सयभन्दा बढी पर्यटन व्यवसायी सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले काठमाडौंमा ‘बुद्धिस्ट ट्राभल मार्ट २०२५’ सुरु गरी विश्वलाई शान्ति र आध्यात्मिक पर्यटनको सन्देश फैलाउने उद्देश्य राखेको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध र शान्ति पर्यटनको केन्द्र बनाउने विश्वास व्यक्त गरे।
  • कार्यक्रममा विभिन्न देशबाट १०० भन्दा बढी पर्यटन व्यवसायी सहभागी छन्।

९ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजनामा ‘बुद्धिस्ट ट्राभल मार्ट (बीआईटीएम) २०२५’ सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा मार्टको औपचारिक उद्घाटन गरे । मार्ट उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गरिने विश्वास व्यक्त गरे ।

‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभरि फैलाउने समय आएको छ,’ मन्त्री पाण्डेले भने ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल एक यात्रा गन्तव्य मात्र नभई अनुभूति भएको बताए ।

उनले नेपाललाई आध्यात्मिक र शान्तिको आधारशीला भएको मुलुकका रूपमा प्रस्तुत गर्दै यसप्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम साझा प्रतिबद्धता र सार्थक सहकार्यको प्रमाण भएको बताए ।

कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले शान्ति र आध्यात्म पर्यटनमा बीआईटीएम उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग, वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हाक्र्याल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए ।

कार्यक्रममा नाट्टा र भारतको इन्डियन एसोसिएसन फर टुर अपरेटर्सबीच पर्यटन प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

त्यस्तै बीआईटीएम विशेष स्मारिका विमोचन गरिएको छ । तीन दिनसम्म चल्‍ने मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान लगायतबाट १ सयभन्दा बढी पर्यटन व्यवसायी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?