News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा ठोरीका जेनजीले भारतसँग सीमा जोडिएको ठोरीको जंगे पिल्लरदेखि चीनसँग सीमा जोडिएको कोरला नाकासम्म ४ सय ५० किलोमिटर मोटरसाइकल यात्रा गरेका छन्।
- ठोरीको पर्यटन प्रवर्द्धन गर्न सागर पराजुलीको नेतृत्वमा ११ जना जेनजीले १८ कात्तिकमा प्रस्थान गरी कोरला नाका बिहीबार पुगेका छन्।
- पराजुलीले भारतबाट आएका पर्यटकलाई ठोरी हुँदै चितवन, पोखरा, मुस्ताङ लगायत पर्यटकीय स्थल जान सकिने सन्देश दिन मोटरसाइकल यात्रा आयोजना गरिएको बताए।
२१ कात्तिक, काठमाडौं । पर्सा ठोरीका जेनजीले भारतसँग सीमा जोडिएको ठोरीको जंगे पिल्लरदेखि चीनसँग सीमा जोडिएको कोरला नाकासम्म मोटरसाइकल यात्रा गरेका छन् ।
ठोरीको पर्यटन प्रवर्द्धन गर्न भन्दै जेनजीले भारतदेखि चीनको सीमासम्म ४ सय ५० किलोमिटर मोटरसाइकल यात्रा गरेका हुन् ।
जेनजी ठोरीका संयोजक सागर पराजुलीको नेतृत्वमा गएको टोलीमा ११ जना जेनजी सहभागी थिए । उनीहरू १८ कात्तिकमा ठोरीबाट प्रस्थान गरेका थिए । ठोरी, भरतपुर, पोखरा, जोमसोम, मुस्ताङ, अपरमुस्ताङ हुँदै उनीहरू बिहीबार कोरला नाका पुगेका हुन् ।
संयोजक पराजुलीले भारतबाट आएका पर्यटकलाई ठोरी हुँदै चितवन, पोखरा, मुस्ताङ सहित पर्यटकीय स्थल जान सकिन्छ भन्ने सन्देश दिन मोटरसाइकल यात्रा आयोजना गरिएको बताए ।

‘भारतबाट आएका पर्यटकलाई ठोरीको बाटो हुँदै जंगलको एडभेन्चर अनुभव लिँदै चितवन, पोखरा, मुस्ताङ सहित पर्यटकीय स्थल जान सकिन्छ भन्ने सन्देश दिन मोटरसाइकल यात्रा आयोजना गरेका हौं,’ पराजुलीले भने, ‘ठोरीबाट चितवन जाँदा जंगल सफारी यात्रा अविस्मरणीय रहन्छ, यो सन्देश हामीले दिन खोजेका हौं ।’
पछिल्लो समय ठोरीले पर्यटकीय गन्तव्यका रूपमा आफूलाई अब्बल बनाउँदै लगेको छ । ठोरीमा स्तरीय होटल तथा रिसोर्ट उल्लेख्य सञ्चालनमा आएपछि ठोरी सौराहाको विकल्प बन्न थालेको छ ।
प्रतिक्रिया 4