+
+
Shares

ढाकामा नेपाली पर्यटन प्रवर्द्धन

पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभरि सम्झनलायक गन्तव्य भएको जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बंगलादेशको ढाकामा तीन दिने तेह्रौं बंगलादेश ट्राभल एन्ड टुरिज्म फेयरमा पर्यटन प्रवर्द्धन गरेको छ।
  • नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिएका छन्।
  • कार्यक्रममा नेपाल र बंगलादेशका पर्यटन व्यवसायीबीच बीटुबी अन्तर्क्रिया तथा नेटवर्किङ सत्रसमेत भएको थियो।

१६ कात्तिक, काठमाडौं । नेपालले बंगलादेशको ढाकामा पर्यटन प्रवर्द्धन गरेको छ । तीन दिने तेह्रौं बंगलादेश ट्राभल एन्ड टुरिज्म फेयर (बीटीटीएफ) मा नेपाल प्रवर्द्धन गरिएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभरि सम्झनलायक गन्तव्य भएको जानकारी गराए ।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल–बंगलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जन–जनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदान–प्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरे ।

टुअ अपरेटर एसोसिएसन अफ बंगलादेश (टीओएबी) का अध्यक्ष एमडी रफेउज्जामान र निर्देशक एमडी तस्लिम अमिन (शोभन) ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताए ।

कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीले लोक–सांस्कृतिक प्रस्तुति गरेका थिए । यसले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने विश्‍वास गरिएको छ ।

औपचारिक कार्यक्रमपछि नेपाल र बंगलादेशका पर्यटन व्यवसायीबीच बीटुबी अन्तर्क्रिया तथा नेटवर्किङ सत्रसमेत भएको थियो । साथै, कार्यक्रमकै क्रममा ‘राफल ड्र’ आयोजना गरी  विशेष ‘होलिडे प्याकेज’ हरू पनि घोषणा गरिएको थियो । यस कार्यक्रममा १ सयभन्दा बढी बंगलादेशी टुर अपरेटर सहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवाला सहभागी थिए ।

बंगलादेशको सबैभन्दा ठूलो पर्यटन प्ल्याटफर्म बीटीटीएफ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो । जसमा नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सहित नेपालका १० पर्यटन व्यावसायिक कम्पनी  सहभागी थिए ।

पर्यटन बोर्डको नेतृत्वमा सहभागी टोलीमा टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधि गरी १६ सदस्य थिए । टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादन प्रस्तुत गर्दै नेपाललाई बंगलादेशी पर्यटकका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।

यस अन्तर्राष्ट्रिय मञ्‍चले पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई ‘जीवनभरिको अनुभवको गन्तव्य’ का रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?