+
+
Shares

‘फोटो नेपाल’ मा इटालियन फोटोग्राफरका तस्वीर प्रदर्शन गरिँदै

बोर्डका अनुसार ‘अ टेल अफ टु ल्यान्ड्स : नेपाल मिट्स सिसिली’ नामक फोटो प्रदर्शनी १७ देखि १९ कात्तिकसम्म प्रदर्शनीमा राखिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले १७ देखि १९ कात्तिकसम्म 'अ टेल अफ टु ल्यान्ड्स : नेपाल मिट्स सिसिली' नामक फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।
  • इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेछाराले खिचेका नेपाल र इटालीका २५ तस्वीर प्रदर्शनीमा राखिने बोर्डले जनाएको छ।
  • फोटो नेपाल अभियान फेब्रुअरी २०१६ मा सुरु भएको र हालसम्म ११ हजारभन्दा बढी सदस्यबाट २५ हजार फोटो संग्रह गरिएको छ।

१६ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल’ नामक नियमित दृष्य संवाद अभियानमा यस पटक इटालियन फोटोग्राफरका तस्वीर प्रदर्शनीमा राखिने भएको छ ।

बोर्डका अनुसार ‘अ टेल अफ टु ल्यान्ड्स : नेपाल मिट्स सिसिली’ नामक फोटो प्रदर्शनी १७ देखि १९ कात्तिकसम्म प्रदर्शनीमा राखिने भएको छ ।

इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेछाराले खिचेका नेपाल र इटालीका विविधता झल्किने २५ तस्वीर प्रदर्शनीमा राखिने भएको छ । बोर्ड परिसरमा राखिने प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

फोटो नेपाल अभियान फेब्रुअरी २०१६ मा प्रख्यात स्विस भूवैज्ञानिक टोनी हेगन फोटो प्रदर्शनीसँगै सुरु भएको हो । नेपालका विविध प्राकृतिक, सांस्कृतिक र मानवीय पाटा विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसाथ सुरु गरिएको बोर्डले जनाएको छ ।

यो अभियान अन्तर्गत डिजिटल फोटो पोर्टलमा सबैले फोटो राख्न र हेर्न सकिन्छ । हालसम्म ११ हजारभन्दा बढी सदस्यबाट २५ हजार फोटो संग्रह गरिसकिएको समेत बोर्डले जानकारी दिएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका उत्सव र संस्कृतिले विश्वका विभिन्न समाजसँग भावनात्मक सम्बन्ध बाँध्ने क्षमता राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?