+
+
Shares

एभरेष्ट समिटिएर्स समिट मे २७ मा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट एलायन्स नेपालको आयोजनामा सगरमाथा आरोहीहरूको सम्मानमा २०२५ को सम्मेलन १३ जेठमा काठमाडौंमा आयोजना हुनेछ।
  • सम्मेलनमा १६ देशका १७७ भन्दा बढी आरोही सहभागी हुने र अनुभव बाँड्ने अपेक्षा छ।
  • कार्यक्रमले दिगो पर्यटन, हिमाली संरक्षण र स्थानीय समुदायको उत्थानका विषयमा अन्तर्राष्ट्रिय छलफल र सम्मान समारोह समेट्नेछ।

९ जेठ, काठमाडौं । एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा पहिलो पटक सगरमाथा आरोहीहरूको सम्मानमा एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ ।

एभरेष्ट एलायन्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मे २७ (जेठ १३ गते) मा एभरेष्ट समिटियर्स समिट हुने जानकारी दिएको हो ।

काठमाडौंको दी सोल्टी होटलमा हुने उक्त सम्मेलनमा नेपालसहित विश्वका विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरुको विशेष जमघट रहने एभरेष्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए ।

‘लिजेण्डहरूको सम्मान, भविष्यको प्रेरणा’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा हालसम्म १६ देशका १७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरूको सहभागिता सुनिश्चित भइसकेको अध्यक्ष नेपालले जानकारी दिए ।

‘विश्वकै सर्वोच्च शिखर सगरमाथाको नाम विश्वभर सबैले थाहा पाएकोले सुरुमा समगरमाथा आरोहीहरुकै सम्मान गर्न लागेका हौँ । आगामी वर्षहरुमा यसको दायरा अझै फराकिलो बनाउँदै लानेछौं’ नेपालमा विश्वकै अग्ला धेरै हिमालहरु रहेपनि सगरमाथा आरोहीलाई नै सम्मान गर्नुको कारणबारे अध्यक्ष सुदर्शन नेपालले भने ।

भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका देशका पर्वतारोही सम्मेलनमा सहभागि हुनेछन् । ती सहभागीहरूले आफ्नो अनुभव बाँड्दै साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने पनि आयोजकको विश्वास छ ।

अथक ऊर्जा र अदम्य साहस बोकेका शक्ति स्वरूपी साहसी व्यक्तिलाई एकै स्थानमा उपस्थित गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

एभरेस्ट समिटियर्स समिट २०२५ को मुख्य विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीहरूलाई एउटै मञ्चमा भेला गराई प्रेरणादायी यात्राका कथाहरू, सफलताको अनुभूति, सङ्कर्षका क्षणहरू र सिकाइका पाटाहरू प्रस्तुत गर्ने रहेको छ ।

यो कार्यक्रम आफैंमा विशेष रहेकोले नेपाल बाहिरका सगरमाथा आरोहीहरु आफ्नै खर्चमा कार्यक्रममा उपस्थित हुने आयोजकले जनाएको छ ।

यसैगरी सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय लगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकरहरू, तथा पर्वतीय संस्कृक्तिलाई प्रतिनिधित्व गर्ने समुदायहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य रहेको छ । जसमार्फत दिगो पर्यटन प्रवर्द्धन, हिमाली वातावरणीय संरक्षण र स्थानीय समुदायको उत्थानबारे अन्तर्राष्ट्रिय सहकार्यका छलफल गर्ने अवसर हुनेछ ।

यसैगरी सम्मेलनमा संरक्षणको आवाजलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ । वातावरणीय सन्तुलन र हिमाली क्षेत्रको दिगो भविष्यका लागि इसिमोड, आइयुसिएन, डब्लुडब्लुएफ, जेडएसएल र एनटीएनसी जस्ता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाहरूको विशेष समर्थन रहने छ । उनीहरुको विशेष प्रस्तुती र प्यानल डिस्कसन समेत हुनेछ ।

कार्यक्रममा सन् १९५३ मा सर एडमण्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका जीवित सदस्य कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिने एभरेष्ट एलायन्सका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए ।

जीवित इतिहास मात्र नभएर एक युगका प्रतिनिधि समेत रहेका कान्छा शेर्पालाई सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने अपेक्षा छ ।

सम्मेलनका एभरेष्ट सम्मान समारोहका साथै आरोहणका चुनौती, महिलाको सहभागिता, जलवायु संकट, सुरक्षित प्रविधि लगायतका विषयमा गोष्ठीहरु सञ्चालन हुनेछ ।

यस्तै हिमाली सांस्कृतिक महोत्सव, चित्रकला तथा पर्वतीय जीवनशैली झल्काउने झांकी, फोटो प्रदर्शनी र उपकरणहरुको प्रदर्शनी समेत हुनेछ । साथै स्थानीय हस्तकला र हिमाली परम्परागत सामग्रीहरू समावेश गर्न नाम्चे, खुम्बु, कास्की, म्याग्दी लगायतका गाउँपालिकाहरू तथा नेपाल हस्तकला महासंघसँग विशेष सहकार्य गरिने एभरेष्ट एलाएन्स नेपालकी सिओओ अजु सिटौलाले जानकारी दिइन् ।

सगरमाथा हाम्रो गौरव, पहिचान र अब हाम्रो जिम्मेवारी हो भन्ने सन्देशसहित यो सम्मेलनले हिमालहरूमा बढ्यो पर्यावरणीय संकट, जिम्मेवार पर्वतारोहण अभ्यास, र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता पति ध्यानाकर्षण गराउनेछ । सम्मेलन नेपाललाई सुरक्षित तथा दीगो पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न, वातावरण संरक्षण प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय सञ्जाललाई मजबुत बनाउन महत्वपूर्ण रहनेछ।

एभरेस्ट समिटियर्स समिट २०२५ कार्यक्रम मात्र नभएर सपना, संघर्ष, साहस र सफलताको संगम भएको र यसबाट सगरमाथा आरोहीहरूले बाँड्ने अनुभव नयाँ पुस्तालाई प्रेरणा हुने विश्वास राखिएको छ । युतै नेपाललाई विश्व पर्यटन नक्सामा थप मजबूत रूपमा स्थापित गर्ने ऐतिहासिक अवसर हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?