+
+
Shares

आइफोन र युरोपेली संघका सामानमा भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइफोन र युरोपेली संघबाट आउने सामानमा भन्सार शुल्क लगाउने घोषणा गरे।
  • उनले भने, 'मैले एपलका टिम कुकलाई पहिल्यै बताइसकेको छु- अबदेखि अमेरिकामा बेचिने आइफोनहरू अमेरिका मै उत्पादन हुनुपर्नेछ।'
  • ट्रम्पले भने, 'यदि त्यो नभएमा एपलले अमेरिकालाई कम्तीमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ।'

९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर निर्माण गरिएका आइफोनहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।

उनले २०२५ जुनदेखि युरोपेली संघबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने पनि घोषणा गरेका छन्।

शुक्रबार उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल‘मा एक पोस्ट गर्दै भने, ‘मैले एपलका टिम कुकलाई पहिल्यै बताइसकेको छु- अबदेखि अमेरिकामा बेचिने आइफोनहरू अमेरिका मै उत्पादन हुनुपर्नेछ, भारत वा अरू कुनै देशमा होइन।‘

उनले थपे, ‘यदि त्यो नभएमा एपलले अमेरिकालाई कम्तीमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ।‘

ट्रम्पले अर्को पोस्टमा युरोपेली संघमाथि टिप्पणी गर्दै लेखेका छन्, ‘मूलतः अमेरिकालाई व्यापारमा घाटा गराउन बनाइएको युरोपेली संघसँग कुनै समझदारी गर्न निकै कठिन भइरहेको छ।‘

उनले आरोप लगाए, ‘उनीहरूको व्यापार अवरोध, भ्याट कर, अनावश्यक कर्पोरेट जरिवाना, मुद्रा हेरफेर र अमेरिकी कम्पनीहरूमाथिको अनुचित मुद्दाका कारण अमेरिकाले हरेक वर्ष २५ अर्ब डलरभन्दा बढी व्यापार घाटा व्यहोर्नुपरेको छ, जुन पूर्ण रूपमा अस्वीकार्य छ।‘

ट्रम्पले भने, ‘हाम्रो वार्ता कुनै निष्कर्षमा पुगेको छैन। त्यसैले म २०२५ जुन १ देखि युरोपेली संघका सामानमा सीधा ५० प्रतिशत भन्सार शुल्क लगाउने सिफारिस गर्दैछु।‘

यद्यपि ट्रम्पले कुनै पनि उत्पादन अमेरिका भित्र निर्माण वा तयारी गरिएको हो भने त्यसमा भन्सार शुल्क लागू नहुने स्पष्ट पारेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?