
News Summary
Generated by OK AI. Editorially reviewed.- हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड शुक्रबार साँझ आएको बाढीका कारण अवरुद्ध भएको छ ।
- बागमती नदीको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।
- सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् र तत्काल सञ्चालनको सम्भावना छैन।
९ जेठ, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड शुक्रबार साँझ आएको बाढीका कारण अवरुद्ध भएको छ ।
ललितपुरको बागमती गाउँपालिकासँगको सीमा क्षेत्र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।
बगुवा खोलामा आएको बाढीले पुलसँग जोड्न बनाइएको ग्राभेल बाटोको डाइभर्सन बगाएर सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि रात्रिकालीन यात्रामा गन्तव्यका लागि हिँडेका यात्रु अलपत्र बनेका छन् । वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको डीएसपी अर्यालले बताए ।
बगुवा खोलाले डाइभर्सन बगाउँदा यसअघि गत ५ जेठमा पनि सडक अवरुद्ध भएको थियो । बगुवा खोलास्थित बागमती पुलको मकवानपुरतर्फको भाग गत असोज १० र ११ मा भीषण वर्षापछि आएको बाढीले बगाएँदा डाइभर्सनबाट सडक सञ्चालन हुँदै आइरहेको छ ।
प्रतिक्रिया 4