
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्थली नगरपालिका–१२ गेलुमा ससुराले धारिलो हतियार प्रहार गरी बुहारी पवित्रा बुढाथोकीको हत्या गरे।
- बुहारी काठमाडौं बस्दै आएकी थिइन् र घरमा बसिरहेका छोरा लिन आएकी थिइन्, विवादपछि घटना भएको हो।
- श्रीमान् खम्बबहादुर बुढाथोकीले साउनमा आत्महत्या गरेपछि परिवारमा तनाव रहेको थियो।
९ जेठ, काभ्रे । मन्थली नगरपालिका–१२ गेलुमा ससुराले धारिलो हतियार प्रहार गरि बुहारीको हत्या गरेका छन् ।
शुक्रबार दिउँसो आफ्नै घरमा आएकी बुहारी वर्ष २८ की पवित्रा बुढाथोकीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।
मन्थली १२ सिक्राल घरमा बस्दै आएको छोरा लिन आएकी बुहारीलाई ससुरा शम्भु धारिलो हतियार प्रहार गरेर बुहारीको हत्या गरेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका बुहारी काठमाडौमा बस्दै आएकी थिइन् । यता घरमा ससुरासँग बसिरहेकाे छोरालाई आफूसँग काठमाडौ लैजान भनी उनी घरमा आएकी थिइन् । ससुराले छोरालाई आफूसँग पठाउन नमानेपछि विवाद भएको थियो ।
पवित्राको ९ वर्षको छोरा हजुरबुबासँग बस्दै आएका थिए । मृतक पवित्राको श्रीमान् खम्बबहादुर बुढाथोकीले गएको साउनमा आत्महत्या गरेका थिए ।
प्रतिक्रिया 4