+
+
Shares

विदेशी मुद्रा कारोबार गर्दा क्यासिनोलाई लाइसेन्स अनिवार्य

केन्द्रीय बैंकले ती संस्थालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार अनुमति लिएर मात्रै विदेशी मुद्रा कारोबार गर्न निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले क्यासिनो लगायत संस्थालाई विदेशी विनिमय कारोबार गर्दा लाइसेन्स अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।
  • केन्द्रीय बैंकले ती संस्थालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार अनुमति लिएर मात्रै विदेशी मुद्रा कारोबार गर्न निर्देशन दिएको हो।
  • क्यासिनोलाई विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ को परिच्छेद ४ मा व्यवस्था गरिएको छ।

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायत संस्थालाई विदेशी विनिमय कारोबार गर्दा लाइसेन्स अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले ती संस्थालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार अनुमति लिएर मात्रै विदेशी मुद्रा कारोबार गर्न निर्देशन दिएको हो ।

ऐनको दफा ३ बमोजिम विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र (लाइसेन्स) लिएर विदेशी विनिमय कारोबार गर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी क्यासिनोलाई विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ को परिच्छेद ४ मा व्यवस्था गरिएको छ ।

ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायत संस्थाले केन्द्रीय बैंकबाट लाइसेन्स लिएरमात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्नू/गराउनू भनी केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?