+
+
Shares

कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन समिति, निजी क्षेत्रसमेत सहभागी

कर्णाली प्रदेशले नेपालभित्र र बाहिर आफ्ना पर्यटकीय गन्तव्य प्रचार गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशले पर्यटन प्रवर्द्धन समिति गठन गरी पर्यटक आकर्षित गर्न योजना बनाएको छ।
  • समितिले नयाँ रोजगारी सिर्जना, जैविक विविधता संरक्षण र प्राकृतिक सम्पदाको प्रचार गर्ने उद्देश्य राखेको छ।

२० जेठ, काठमाडौं । प्रचुर पर्यटकीय सम्भावना भएर पनि तुलनात्मक रूपमा कम पर्यटक पुग्ने कर्णाली प्रदेशले नेपालभित्र र बाहिर आफ्ना पर्यटकीय गन्तव्य प्रचार गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ ।

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्ले पर्यटन ऐन २०७८ को दफा ४० को उपदफा २ को खण्ड (ख) बमोजिम पर्यटन प्रवर्द्धन समिति गठन गरेको हो । ऐन अनुसार समिति अध्यक्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

समितिका पदाधिकारीलाई पर्यटनमन्त्री सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । मन्त्रिपरिषद् निर्णय अनुसार सदस्यहरूमा उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका तर्फबाट पदमबहादुर शाही, मुगु होटल व्यवसायी राराका तर्फबाट देवीकृष्ण रोकाया, सुर्खेतका पर्यटन व्यवसायी तथा उद्यमी भानुभक्त खड्का, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट महेन्द्रजंग शाही, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट रमेश सुनार र फोटो पत्रकार भरतराज थापा छन् ।

समितिलाई पर्यटन क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्ने, वातावरणीय सौन्दर्य र जैविक विविधतामा कम असर पर्ने गरी नदी, ताल, पोखरी संरक्षण गर्ने, कला, संस्कृति एवं प्राकृतिक सम्पदाको विवरण संकलन गरी सम्वद्र्धन गर्ने योजना सहित कार्यक्रम सञ्चालन गर्ने, ट्रेकिङ (पदयात्रा) र र्‍याफ्टिङ पूर्वाधार विकास एवं प्रवद्र्धन गर्ने लगायत काम गर्न कर्णाली प्रदेशको पर्यटन ऐन २०७८ ले मार्गप्रशस्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?