१५ असोज, काठमाडौं । ११ र १२ असोजमा देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र १६३ जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।
सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्व गरी पर्यटकहरुको उद्धार गरिरहेको बताएको छ ।
पर्यटक प्रहरी र सेल आफ्नै हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको बताइएको छ ।
साथै वेभसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था र मौसमबारे जानकारी समिेत दिन थालिएको छ ।
खोजिका त्रलममा बाढी पहिरोमा हराइरहेका भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला पारिएको छ ।
रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटकको समेत उद्धार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4