+
+
Shares

बोर्डले थाल्यो लेन्सबाट पर्यटन कथा लेख्‍नेबारे फोटो पत्रकारिता

तालिम उद्घाटनमा बोर्डका वरिष्ठ अधिकृत सुशीला बरालले यस्ता प्रशिक्षण विभिन्‍न चरणमा सातै प्रदेशमा दिइरहेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्ड र यूएनडीपीको साझेदारीमा दिगो पर्यटन परियोजनाले कोशी प्रदेशका १४ जिल्लाबाट २८ जनालाई दुई दिवसीय नि:शुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु गरेको छ।
  • तालिम उद्घाटनमा बोर्डकी वरिष्ठ अधिकृत सुशीला बरालले सातै प्रदेशमा यस्ता प्रशिक्षण दिइरहेको र सहभागीको क्षमता विकासमा टेवा पुग्ने बताइन्।
  • तालिममा फोटो पत्रकारिताको विकासक्रम, महत्त्व र उत्कृष्ट तस्वीर कसरी लिन सकिन्छ भन्ने विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइने छ।

२५ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजनामा क्यामराको लेन्सबाट पर्यटनका कथा लेख्‍न सिकाउने उद्देश्यले दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त साझेदारीमा सञ्‍चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार संघ (एनएफपीजे) सँगको सहकार्यमा नि:शुल्क फोटो पत्रकारिता तालिम सुरु गरेको हो ।

कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व हुने गरी हरेक जिल्लाबाट दुई जनाको दरले पर्यटन र फोटो पत्रकारितामा संलग्‍नलाई फोटोमार्फत नेपालको सौन्दर्य, संस्कृति र मानवीय पक्ष अभिव्यक्त गर्न सिकाउने उद्देश्यले मंगलबारदेखि तालिम सुरु भएको हो ।

तालिम उद्घाटनमा बोर्डका वरिष्ठ अधिकृत सुशीला बरालले यस्ता प्रशिक्षण विभिन्‍न चरणमा सातै प्रदेशमा दिइरहेको बताइन् । उनले सहभागीको क्षमता विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्‍न विश्‍वास व्यक्त गरिन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष सुशीला पाठकले नेपालको पत्रकारिताको गुणस्तर खस्किरहेको समयमा यस किसिमका तालिम सहयोगी हुने बताइन् ।

राष्ट्रिय फोटो पत्रकार संघ अध्यक्ष प्रदीपराज वन्तले नेपाललाई अब लेन्सबाट संसारलाई देखाउन सकिने बताए ।

बोर्डका सञ्‍चार परामर्शदाता दीलिपप्रकाश कार्कीले पर्यटन बोर्ड स्थापनाको उद्देश्यबारे जानकारी गराएका थिए । सुनिलचुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सिना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फोटो पत्रकारिताको महत्त्व, उत्कृष्ट तस्वीर कसरी लिन सकिन्छ लगायत सैद्धान्तिक र प्रयोगात्मक विषयमा प्रशिक्षण सञ्‍चालन हुनेछ । यस कार्यक्रमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार संघका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?