+
+
Shares

उपल्लो मुस्ताङमा अत्यधिक चिसोले समस्यामा पर्यटक, गाउँपालिकाको एडभाइजरी

पर्यटकमा लोक लाग्ने समस्या दोहोरिएपछि लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य सतकर्ताका लागि एडभाइजरी जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपल्लो मुस्ताङमा पर्यटकमा उचाइ, अत्यधिक चिसो र सीमित स्रोतसाधनका कारण स्वास्थ्य समस्या देखिन थालेको छ।
  • लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य सतकर्ताका लागि एडभाइजरी जारी गरेको छ।
  • गाउँपालिकाले जटिल अवस्थाका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत जोमसोम ल्याउने गरेको छ।

२९ असोज, काठमाडौं । उपल्लो मुस्ताङमा घुमफिरमा जाने पर्यटकमा उचाइ, अत्यधिक चिसो र सीमित स्रोतसाधनका कारण समस्या देखिन थालेको छ ।

पर्यटकमा लोक लाग्ने समस्या दोहोरिएपछि लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य सतकर्ताका लागि एडभाइजरी जारी गरेको छ ।

समस्यामा परेका पर्यटकलाई सेवा प्रदान गरिरहे पनि सीमित स्रोतसाधनका कारण समस्या भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले जटिल अवस्थाका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत जोमसोम ल्याउने गरेको छ ।

यस्तो छ गाउँपालिकाको एडभाइजरी

– उपल्लो मुस्ताङ यात्रा गर्नुअघि आफ्नो स्वास्थ्यबारे विचार गर्नुहोस् । हृदयाघात, मधुमेह, उच्च रक्तचाप, फोक्सोको रोग भएका व्यक्तिले डाक्टरको सल्लाहविना यात्रा गर्नु हुँदैन ।

– हावा, चिसो र तिखो घामबाट जोगिन बाक्लो ज्याकेट, थर्मल लुगा, टोपी, चस्मा र जुत्तामोजा लगाउनुहोस् ।

– यात्रुले खाली पेट यात्रा नगर्नुहोस्, प्रशस्त खाना र खाजा सेवन गरेर मात्र यात्रा गर्नुहोस् ।

–उचाइमा शरीरलाई पानीको आवश्यकता धेरै बढी हुन्छ, दिनमा कम्तीमा ३/४ लिटर पानी वा तरल पदार्थ सेवन गर्नुहोस्, यात्राका क्रममा धुमपान र मद्यपान (अल्कोहल) सेवन नगर्नुहोस् ।

– प्लास्टिकका बोतल तथा अन्य फोहोर जथाभावी नफाल्नुहोस् ।

– स्थानीयवासिन्दाको संस्कृति, रीतिरिवाज, धार्मिक स्थलको सम्मान गर्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?