+
+
Shares

प्रधानमन्त्रीप्रति सांसद पन्तको कटाक्ष- महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभयो

पूर्ववर्ती सरकारको विकल्पका रूपमा परिवर्तनको नाराका साथ सत्तारोहण भएको वर्तमान सरकारले पहिलो गाँसमै अध्यादेश मार्फत संवैधानिक परिषद्‍को कार्यविधिमा पुरानै चलखेललाई समेत उछिन्ने गरी पराक्रम देखाएको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको बताएकी छन्।
  • पन्तले राष्ट्रिय सभामा प्रधानमन्त्री शाहप्रति कटाक्ष गर्दै सिनियर महिला प्रधानन्यायाधीशमाथि आक्रमण भएको र यो जघन्य महिला हिंसा भएको उल्लेख गरिन्।
  • उनले भनिन्, 'प्रधानमन्त्रीज्यूले बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ' र सर्वोच्च अदालतको गरिमा माथि प्रहार भएको बताइन्।

२८ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको बताएकी छन् ।

प्रधानन्यायाधीश सिफारिस प्रकरणको मुद्दा उठाउँदै सांसद पन्तले सोमबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री शाहप्रति यस्तो कटाक्ष गरेकी हुन् ।

उनले भनिन्, ‘कुनै दिन आफ्नो श्रीमतीसँग जोडिएको एउटा घटनामा खुबै संवेदनशील देखिएर सामाजिक सञ्जालमा नानाभाँती लेख्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यूले आज अर्को सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ। हामी महिलाहरू दुःखी छौं । महिला भएकै कारणले निमित्त चलाइ सकेको सिनियर महिला प्रधानन्यायाधीशमाथि आक्रमण गरिएको छ । अध्यादेश र अंकगणितको आडमा गरिएको यो जगन्य महिला हिंसा हो भन्ने आम ठम्याई छ ।’

पूर्ववर्ती सरकारको विकल्पका रूपमा परिवर्तनको नाराका साथ सत्तारोहण भएको वर्तमान सरकारले पहिलो गाँसमै अध्यादेश मार्फत संवैधानिक परिषद्‍को कार्यविधिमा पुरानै चलखेललाई समेत उछिन्ने गरी पराक्रम देखाएको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले यसो गर्नुमा सर्वोच्च अदालतको गरिमा, सम्मान र भरोसा पूर्ण निरन्तरता माथि प्रहार गर्ने नियतलाई छर्लङ्ग पारेको उनले बताइन् । यसबाट नेपाली न्यायिक क्षेत्रको निष्पक्ष निर्मल आकाशमा दुर्गामी गलत अभ्यासको धब्बाको विजारोपण भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?