News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभाको बैठकमा राणा शासन र निरकुश राजतन्त्रविरुद्धको जनसंघर्ष स्मरण गरे।
- उनले संविधानअनुसार आवासको हक मौलिक हक भएको र राज्यले मानव सिर्जित विपत्ति ल्याएर नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए।
- दुलालले अध्यादेशमार्फत सरकारले संविधानको मर्म नबोकेको भन्दै संवैधानिक परिषद्का सदस्यहरूले निर्णय गर्न सक्ने व्यवस्था प्रति जवाफ मागे।
२८ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राणा शासन र राजतन्त्र स्मरण गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निरकुश शासनका विरुद्ध जनताले गरेको संघर्ष स्मरण गराएका हुन् । उनले भनेका छन्, ‘जहाँनिया राणशासन र निरकुश राजतन्त्रकाविरुद्ध नेपाली जनताले पटक–पटक सशस्त्र संघर्ष र शान्तिपूर्ण जनआन्दोलनद्धारा स्थापित लोकतन्त्र हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान रहेको र यस संविधान अन्तर्गत आवासको हक मौलिक हकको रुपमा रहेको पनि उनले स्मरण गरे ।
उनी भन्छन्, ‘तर आज राज्य प्राकृतिक विपत्ति आउनुपूर्व मानव सिर्जित विपत् ल्याउन उद्धत छ । मानिसहरू बसिराखेको बस्तीमा २४ घण्टे अल्टिमेटम दिएर, राज्यको सम्पूर्ण फौजको आतंक देखाएर, डोजर आतंक देखाएर नागरिकहरूलाई आत्महत्या गर्नका लागि राज्यले बाध्य बनाएको छ ।’
इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने भन्ने पनि उनको प्रश्न छ ।
विधिको शासनको नारा दिएर आएको सरकार अध्यादेशमार्फत अगाडि बढिरहेको भनेर पनि उनले प्रश्न गरे । यसले सत्तारुढ दलकै दुई तिहाइ बहुमतलाई गिज्याइरहेको उनको कटाक्ष छ ।
६ सदस्यीय संवैधानिक परिषद्का ३ सदस्यले निर्णय गर्न सक्ने गरी ल्याएको अध्यादेशले संविधानको मर्म नबोक्ने भन्दै उनले यसमा सरकारसँग जवाफ मागे ।
प्रतिक्रिया 4