+
+
Shares

विद्युत प्राधिकरणका कञ्चनपुर वितरण प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका वितरण प्रमुख महेन्द्रकुमार दासले चार्जिङ स्तेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • उनले चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप छ।
  • अख्तियारले 'सेवाग्राहीसँग घुस रकमको बार्गेनिङ गरी नदिएमा लाइन काटिदिने धम्की दिई १ लाख ४० हजार लिएको' उल्लेख गरेको छ।

२८ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका वितरण प्रमुख महेन्द्रकुमार दासले चार्जिङ स्तेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले १ लाख ४० हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

‘…चार्जिङ स्टेशनका सञ्चालनका लागि विद्युत लाइन छाडिदिनका लागि नियमानुसार कार्य सम्पन्न भएपश्चात उक्त कार्य गरेवापत सेवाग्राहीसँग घुस रकमको बार्गेनिङ गरी नदिएमा लाइन काटिदिने धम्की दिई १ लाख ४० हजार लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले भनेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?