+
+
Shares

साढे २ करोड सम्पत्तिको स्रोत लुकाएको आरोपमा लेखा अधिकृतविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

गैरकानुनी तबरले सम्पत्ति आर्जन गरी स्रोत लुकाउने उद्देश्यले शुद्धीकरण गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग आयोगले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
  • पौडेलले २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको गैरकानुनी सम्पत्तिको स्रोत लुकाउन शुद्धीकरण गरेको अख्तियारले दाबी गरेको छ।
  • अख्तियारले बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार भएको पुष्टि गर्दै कैद, जरिवाना र १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्न माग गरेको छ।

२३ चैत, काठमाडौं । गैरकानुनी तबरले सम्पत्ति आर्जन गरी स्रोत लुकाउने उद्देश्यले शुद्धीकरण गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग आयोगले मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित ५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा सोमबार मुद्दा दायर गरेको हो।

पौडेलले गैरकानुनी तबरले आर्जन गरेको सम्पत्तिमध्ये २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको दाबी छ ।

गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसहित उनको परिवार संलग्न रहेको अख्तियारकोले उल्लेख गरेको छ ।

अख्तियारले अनुसन्धानबाट बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेको पुष्टि भएको दाबी गरेको छ। अख्तियारले सम्पत्ति शुद्धीकरणको रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना गर्न माग गरेको छ । अख्तियारले एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत अदालत समक्ष माग गरेको छ । पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?