+
+
WC Series
Nepal
0/0
VS
UAE
128/8 (20)
Shares

नासुको खातामा सवा ४ करोड घुस

अख्तियारले पुरातत्व विभागका सीडीई पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक नासु देउकला अधिकारीविरुद्ध ठेक्कापट्टामा घुस लिएको आरोप लगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुस डिपोजिट भएको आरोप लगाएको छ।
  • अख्तियारले उपसचिव पूर्णबहादुर श्रेष्ठ र देउकला अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
  • निर्माण सेवा प्रालिले पुरातत्व विभागबाट ६४ करोड २१ लाख रुपैयाँको ठेक्का पाएको र घुस रकमबाट जग्गा र सुन खरिद गरेको अख्तियारले दाबी गरेको छ।

८ वैशाख, काठमाडौं ।

नाम : देउकला अधिकारी

पद : सहायक पथ प्रदर्शक(सुब्बा)

खातामा घुस : चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ ।

पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पुरातत्व विभागका सिडीई (उपसचिव) पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक (नासु देउकला अधिकारी) विरुद्ध ठेक्कापट्टामा घुस लिएको आरोप लगाएको हो ।

निर्माण सेवा प्रालि नामक कम्पनीले पुरातत्व विभागबाट विभिन्न कामका क्रममा ६४ करोड २१ लाख रुपैयाँको ठेक्का पाएको र ठेक्का बापतको रकम घुसको रूपमा अधिकारीको खातामा राखिदिएको अख्तियारको आरोप छ ।

ती विभिन्न ठेक्काहरूमा सहजीकरण गरिदिएको र चार करोड २२ लाख रुपैयाँ घुस खातामा भेटिएको अख्तियारको दाबी छ ।

अख्तियारको दाबी अनुसार, उनीहरूले आफ्नो संयुक्त नाममा नुवाकोटमा तीन कित्ता गरी १५ रोपनी जग्गा र काठमाडौंमा साढे तीन आना जग्गा किनेको अख्तियारको आरोप छ ।

उनीहरूले घुसबापतको रकमबाट करिब सय ग्राम सुन खरिद गरेको, घुसबापत पाएको रकम चेकबाट साटेर नगद लिएको र ऋण स्वरूप लगानी गरेको अख्तियारको आरोप छ ।

अख्तियारले उनीहरूमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?