+
+
Shares

सिन्तामणी मुस्ताङ रिसोर्टलाई ‘वान मिसेलिन की’ उपाधि

यो अवार्ड विशेष बसाइँ अनुभूति दिने होटल तथा रिसोर्टलाई प्रदान गरिन्छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्तामणी मुस्ताङले सन् २०२६ को ‘वान मिसेलिन की’ उपाधि प्राप्त गरेको छ ।
  • गत शुक्रबार घोषणा गरिएको यो सम्मानले सिन्तामणी मुस्ताङलाई विशिष्ट अनुभव दिने उत्कृष्ट रिसोर्टका रूपमा सूचीकृत गरेको कम्पनीले जनाएको छ ।
  • शेर्पा हस्पिटालिटीका सीईओ नामग्याल शेर्पाले वान मिसेलिन की प्राप्त हुनु रिसोर्ट र समग्र मुस्ताङ गन्तव्यकै लागि सम्मान भएको बताए ।

४ असोज, काठमाडौं । सिन्तामणी मुस्ताङले सन् २०२६ को ‘वान मिसेलिन की’ उपाधि प्राप्त गरेको छ । सिन्तामणी मुस्ताङले प्राप्त गरेको यो अर्को अन्तर्राष्ट्रिय प्रतिष्ठित मान्यता हो । यो अवार्ड गत शुक्रबार घोषणा गरिएको हो ।

यस सम्मानले रिसोर्टलाई विशिष्ट अनुभव दिने उत्कृष्ट रिसोर्टका रूपमा सूचीकृत गरेको कम्पनीले जनाएको छ । यो अवार्ड विशेष बसाइँ अनुभूति दिने होटल तथा रिसोर्टलाई प्रदान गरिन्छ ।

सिन्तामणी मुस्ताङ २ हजार ८ सय मिटर उचाइमा अवस्थित छ । रिसोर्टले त्यस भेगमा दिइरहेको सेवाको गुणस्तर र निरन्तरता, वास्तुकला तथा डिजाइन, मूल्य र प्रपर्टी रहेको अवस्थितिका कारण आफ्नो उत्कृष्टता कायम राखेको छ ।

सिन्तामणी मुस्ताङमा २९ वटा सुइट रुम छन् । रिसोर्ट सञ्चालक कम्पनी शेर्पा हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नामग्याल शेर्पाले वान मिसेलिन की प्राप्त हुनु रिसोर्ट र समग्र मुस्ताङ गन्तव्यकै लागि सम्मान भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?