+
+
Shares

चट्टान खस्दा हुम्लाको हिल्सा–सिमकोट सडक अवरुद्ध  

कर्णाली कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट जोड्ने छारे खण्डमा चट्टान खस्दा सडक अवरुद्ध भएको छ ।

नरजन तामाङ नरजन तामाङ
२०८३ असोज ४ गते १४:२६

४ असोज, हुम्ला । कर्णाली कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट जोड्ने छारे खण्डमा चट्टान खस्दा सडक अवरुद्ध भएको छ । सडकमा कडा चट्टान खसेपछि कर्णाली करिडोर आउजाउ गर्न समस्या भएको हो ।

सडक अवरुद्घ भएसँगै हुम्लाबाट सुर्खेत र नेपालगन्जसम्मको यातायात  ठप्प भएको सर्केगाड गाउँपालिका–२ का स्थानीय ताराबहादुर कार्कीले जानकारी दिए ।

स्थानीयबासीलाई पैदल यात्राबाट समेत सदरमुकाम सिमकोटसम्म आउन समस्या भएको उनले बताए ।

सडक अवरुद्ध भएपछि अहिले खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए ।

दुई दिनदेखि सडक अवरुद्ध भएपछि एक्स्काभेटरले पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?