News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीका कारण ४ सय ३ पर्यटक सम्पर्कविहीन भएका छन्, जसमा ३ सय ४१ विदेशी र ६२ नेपाली छन् ।
- सम्पर्कविहीनमध्ये २ सय ३ पुरुष र २ सय महिला छन् ।
- सबैभन्दा धेरै १ सय ३३ भारतीय पर्यटक बेपत्ता भएका छन्, त्यसपछि अमेरिकी ४७, अस्ट्रेलिया ३४ र बेलायती ३३ जना छन् ।
१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन भएका पर्यटक ४ सय ३ पुगेको छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार ३ सय ४१ विदेशी र ६२ नेपाली पर्यटक सम्पर्कविहीन भएका छन् । जसमा २ सय ३ पुरुष र २ सय महिला छन् ।
सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् । अमेरिकी ४७ जना बेपत्ता छन् । बेलायती ३३, अस्ट्रेलिया ३४, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ र दक्षिण अफ्रिकका ६ पर्यटक बेपत्ता छन् ।
त्यसैगरी सिंगापुरका ६, न्यूजिल्यान्ड र जापान ५/५, जर्मनी ४, फ्रान्स ३ र स्पेनका २ पर्यटक सम्पर्कविहीन छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4