+
+
Shares

वायुसेवा सञ्चालक संघ पूर्वअध्यक्ष थापाको अपिल- संकटका बेला क्षमता देखाऔं

नेपालमा विपद् वा संकट पर्दा हेलिकप्टर उड्डयन क्षेत्रले समुदायको सेवामा अग्रणी भूमिका खेल्दै आएको थापाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्याप्टेन रामेश्वर थापाले रसुवा टिमुरे र त्रिशूली आसपासको बाढीमा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
  • उनले शोकाकुल परिवारप्रति समवेदना जनाउँदै उद्धार र राहतमा खटिने पाइलट, चालक दल, व्यवस्थापन, हेलिकप्टर सञ्चालक र निकायप्रति सम्मान व्यक्त गरेका छन् ।
  • थापाले उद्धार उडानलाई उच्च सुरक्षा मापदण्ड, जोखिम मूल्यांकन, मौसम विश्लेषण र समन्वयसहित सञ्चालन गर्न आग्रह गरेका छन् ।

१० भदौ, काठमाडौं । वायुसेवा सञ्चालक संघका पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापाले रसुवा टिमुरे क्षेत्र तथा त्रिशूली नदी आसपास आएको बाढीेबाट मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिने पाइलट, चालक दल, व्यवस्थापन, हेलिकप्टर सञ्चालक र सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेका छन्।

नेपालमा विपद् वा संकट पर्दा हेलिकप्टर उड्डयन क्षेत्रले समुदायको सेवामा अग्रणी भूमिका खेल्दै आएको थापाले बताए ।

‘जहाँ आवश्यकता छ, त्यहाँ पुगौं, जहाँ जीवन बचाउन सकिन्छ, त्यहाँ आफ्नो अधिक क्षमता प्रयोग गरौं,’ थापाले विज्ञप्ति मार्फत अपिल गरेका छन् ।

उनले उद्धार उडानलाई व्यावसायिक विवेक, अनुभव र उच्चतम सुरक्षा मापदण्ड साथ सञ्चालन गर्न आग्रह गरे ।

उद्धार कार्य प्रभावकारी र दीर्घकालीन बनाउन उड्डयन सुरक्षाको उच्चतम मापदण्ड कायम गर्नुपर्ने उनले बताए । कठिन भूगोल र स्थितिमा हुने उद्धार उडानमा जोखिमको निरन्तर मूल्यांकन, मौसम तथा स्थल अवस्थाको सही विश्लेषण, उचित समन्वय र स्थापित उडान सुरक्षा प्रक्रिया पालना गर्नुपर्ने कुरामा जोड दिए ।

थापाले उद्धार कार्यका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल आयल निगमलाई आवश्यक सहजताका लागि अनुरोध गरे । संकटको समयमा नागरिकको जीवन रक्षाका लागि आफ्नो सिप, अनुभव र स्रोतसाधन परिचालन गर्नु नेपाली उड्डयन क्षेत्रको परम्परा रहेको उनले स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?