+
+
Shares

केरुङ क्षेत्रमा ड्रोन गतिविधि बढ्दा उद्धार उडान प्रभावित

नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै ‘नोटाम’ जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १७:०८

१४ भदौ, काठमाडौं । नेपाल-चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको अत्यधिक गतिविधि बढ्दा उद्धार उडान प्रभावित बनेको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै ‘नोटाम’ जारी गरेको छ ।

यसअघि सरकारले अनुमति नलिई ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर पुगेको जनाएको थियो । सोही गतिविधि आज पनि दोहोरिएपछि त्यस भेगमा उडान अवरुद्ध हुन पुगेको छ ।

हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नाेटाम जारी गरेकाे हाे ।

प्राधिकरणले केरुङ सीमाबाट १० किलाेमिटर दक्षिणतर्फकाे क्षेत्रभित्र उडानमा सावधानी अपनाउन भनेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?