News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र चीनका पर्वतारोहणसँग सम्बन्धित सरोकारवालाबीच पर्वतारोहण गतिविधिमा आपसी सहकार्य बढाउने सहमति भएको छ ।
- नेपाल पर्वतारोहण संघको प्रतिनिधिमण्डलले चिनियाँ पर्वतारोहण संघको निमन्त्रणामा १८ देखि २३ सेप्टेम्बरसम्म सिचुआन भ्रमण गरेको थियो ।
- दुई संस्थाबीच पर्वतारोहण तालिम, माउन्टेन गाइड, खोज तथा उद्धार, आउटडोर स्पोर्ट्स र वातावरण संरक्षणमा ज्ञान तथा प्राविधिक दक्षता आदानप्रदान गर्ने सहमति भएको छ ।
८ असोज, काठमाडौं । नेपाल र चीनका पर्वतारोहणसँग सम्बन्धित सरोकारवालाबीच पर्वतारोहण गतिविधिमा आपसी सहकार्य बढाउने सम्बन्धमा सहमति भएको छ ।
नेपाल पर्वतारोहण संघको प्रतिनिधिमण्डले गरेको चीन भ्रमण क्रममा यस्तो सहमति भएको हो । संघ अध्यक्ष फुरगेल्जे शेर्पा नेतृत्वमा गएको प्रतिनिधिमण्डलले चिनियाँ पर्वतारोहण संघको निमन्त्रणमा १८ देखि २३ सेप्टेम्बरसम्म सिचुआन भ्रमण गरेको थियो ।
सोही अवसरमा नेपाल–चीन पर्वतारोहण तथा आउटडोर स्पोर्ट्स आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमले नेपाली र चिनियाँ प्रतिनिधिलाई पर्वतारोहण, हिमाली पर्यटन तथा आउटडोर स्पोर्ट्स, उच्च हिमाली उद्धार, पर्वतीय सुरक्षा र वातावरण संरक्षणका क्षेत्रमा अनुभव आदानप्रदान र सहकार्यको सम्भावना खोजी गरिएको संघले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलले गोङ्गा पी (७ हजार ६ सय ९० मिटर) र अन्य अग्ला हिमाल रहेको क्षेत्रको स्थलगत भ्रमण गरेको थियो । सोही भेगमा चीनले सडक, सुरुङ, पुल, केबुलकार, पदमार्ग, होमस्टे, होटल लगायत सुविधा पुर्याएको छ ।
प्रतिनिधिमण्डले नदी नियन्त्रण र विपद् रोकथाममा चीनले गरिरहेको कामको समेत अवलोकन गरेको थियो । भ्रमणमा दुई संस्थाबीच पर्वतारोहण तालिम, माउन्टेन गाइड, उच्च हिमाली भेगमा हुने खोज तथा उद्धार, आउटडोर स्पोर्ट्स, साहसिक पर्यटन र वातावरण संरक्षण लगायत क्षेत्रमा ज्ञान तथा प्राविधिक दक्षता आदानप्रदान गर्ने विषयमा सहमति भएको छ ।
अध्यक्ष शेर्पाका अनुसार उच्च हिमाली भेगको व्यवस्थापन र उद्धारमा नेपाल अब्बल छ । त्यस्तै अनुभव चिनियाँ समकक्षी गाइडहरूसँग बाँड्न नेपाल तयार छ ।
प्रतिक्रिया 4