+
+
Shares

शरद ऋतुमा हिमाल आरोहण अनुमति लिनेको संख्या ५ सय नजिक

पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ सय ९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । तीमध्ये सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा जाने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी शरद ऋतुका लागि शुक्रबारसम्म ४ सय ९८ जनाले हिमाल आरोहण अनुमति लिएका छन् ।
  • मनास्लु हिमाल आरोहणका लागि ३८ टोलीका ४ सय ५१ आरोहीले अनुमति लिएका छन्, जसमा १ सय २० महिला छन् ।
  • यो सिजन आरोहीबाट सरकारले शुक्रबारसम्म २१ करोड १० लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

२८ भदौ, काठमाडौं । रसुवा-भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ठूलो असर गर्नुका साथै साहसिक पर्यटकमा भने त्यसको ठूलो असर नपर्ने संकेत देखिएको छ ।

आगामी शरद ऋतुमा हिमाल चढ्न अनुमति लिनेको संख्या ५ सय नजिक पुगेको छ । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ सय ९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । तीमध्ये सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा जाने छन् ।

विभागका अनुसार मनास्लुमा १ सय २० महिला सहित ४ सय ५१ आरोहीले अनुमति लिएका छन् । यस हिमालमा कुल ३८ टोलीले अनुमति लिएका छन् ।

मकालु हिमालमा ३ जनाले अनुमति लिएका छन् । दङ्गा हिमालमा २ समूहका १६ जनाले अनुमति लिएको विभागले जनाएको छ । धौलागिरिका लागि २ समूहका १९ आरोहीले अनुमति लिएको विभागको तथ्यांक छ ।

त्यस्तै गंगापूर्ण हिमालमा दुई र थोराङ पिकमा ७ जनाले अनुमति लिएको देखिएको छ । यो सिजनमा आरोहीबाट सरकारले शुक्रबारसम्म २१ करोड १० लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ ।

यो सिजनका लागि कुल ६३ देशका आरोहीले अनुमति लिएका छन् । सबैभन्दा धेरै चिनियाँ छन् । चीनबाट १ सय आरोहीले अनुमति लिएका छन् । जसमा २९ महिला छन् ।

यसैगरी रुसका ५३ जनाले अनुमति लिएका छन् । अमेरिकी ३७ र बेलायती २८ जनाले अनुमति लिएका छन् । फ्रान्स २७, जर्मनी र जापानका १६/१६ जनाले पनि आरोहण अनुमति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?