News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको छ र बिहीबारसम्म ३२ समूहका ३६७ आरोहीले अनुमति लिएका छन् ।
- अनुमति लिनेमा ८७ महिला छन्, र सबैभन्दा धेरै २९ समूहका ३४८ आरोहीले मनास्लु हिमालका लागि अनुमति लिएका छन् ।
- चीनका ५५, रुसका ३९ र अमेरिकाका ३२ आरोहीले अनुमति लिएका छन्, भने मकालुमा ३ र दङ्गा हिमालमा १६ जनाले अनुमति लिएका छन् ।
१९ भदौ, काठमाडौं । सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको छ ।
मनसुन यामको बाढी र यसले गरेको वितण्डाबीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको छ ।
पर्यटन विभागका अनुसार बिहीबारसम्म कुल ३२ समूहका ३ सय ६७ आरोहीले आगामी आरोहण सिजनलाई हिमाल चढ्ने अनुमति लिइसकेका छन् । तीमध्ये ८७ महिला छन् ।
विभागका अनुसार मनास्लु हिमालमा २९ समूहका ३ सय ४८ आरोहीले अनुमति लिएका छन् । मकालु हिमालमा १ समूहका ३ आरोहीले अनुमति लिएको छ । दङ्गा हिमाल (६ हजार २ सय २० मिटर) मा भने २ समूहका १६ जनाले आरोहण गर्न अनुमति लिएका छन् ।
अनुमति लिनेमध्ये सबैभन्दा धेरै चिनियाँ छन् । चीनका ५५, रुस ३९ र अमेरिकाका ३२ आरोहीले बिहीबारसम्म अनुमति लिइसकेको विभागले जनाएको छ ।
त्यसैगरी फ्रान्सका २७, बेलायत २४, नेपाली १५, पोल्यान्ड, क्यानडा र जर्मनीका १४/१४ आरोहीले अनुमति लिएको तथ्यांक छ ।
प्रतिक्रिया 4