+
+
Shares

हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११

हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १४:१९

१५ असोज, काठमाडौं । मनाङ हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला परेको छ ।

हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जनाएको छ । आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी  राखेको थियो ।

एसोसिएसनले शेर्पालाई उद्धृृत गर्दै चार शव फेला परेको जनाएको छ । यससँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ । ९ असोजदेखि प्रतिकूल बनेको मौसमले यस हिमालमा हिम पहिरो निम्त्याएको थियो ।

हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।

तस्विर स्रोत : नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?