News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटन विभागले ११ देखि १५ कात्तिकसम्म भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ ।
- मौसम विभागले उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने बताएको छ ।
- विभागले पदयात्री र पर्वतारोहीलाई सतर्क रहन र आधिकारिक मौसम सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरेको छ ।
११ कात्तिक, काठमाडौं । पर्यटन विभागले ११ देखि १५ कात्तिकसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिन अनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारी वर्षा हुन सक्ने सम्भावना छ । वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ ।
प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
साथै, आधिकारिक निकायबाट जारी हुने मौसम सम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ । त्यस्तै खुम्बु, मनाङ लगायत हिमाली क्षेत्र तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ ।
प्रतिक्रिया 4