News Summary
Generated by OK AI. Editorially reviewed.- बुढीगण्डकी बाढीपछि स्यारखोला र बुढीगण्डकी करिडोरमा करिब १ हजार पर्यटक र सहयोगी उद्धार पर्खाइमा रहेका टानले जनाएको छ ।
- टानका अनुसार चुम्चेत, लोक्पा, न्याकफेदी, फिलिम, सिर्दिबास, सल्लेरी, जगत र माछाखोलालगायत क्षेत्रमा ४ सयभन्दा बढी विदेशी पर्यटक अलपत्र छन् ।
- टानले विवरण संकलन गरी बुधबारदेखि उद्धार पहल गर्ने जनाएको छ, जबकि प्राधिकरणले निजी स्तरबाट उद्धारका लागि थप अनुमति आवश्यक नरहेको बताएको छ ।
२७ असोज, काठमाडौं । बुढीगण्डकी बाढीपछि सोही क्षेत्रमा अझै १ हजार पर्यटक तथा उनीहरूका सहयोगी उद्धार पर्खाइमा रहेको पाइएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले मंगलबार सूचना प्रकाशन गर्दै यसबारे जानकारी गराएको हो । टानका अनुसार स्यारखोला तथा बुढीगण्डकी नदी करिडोरमा रहेका चुम्चेत, लोक्पा, न्याकफेदी, फिलिम, सिर्दिबास, सल्लेरी, जगत, माछाखोला लगायत पर्यटकीय हब तथा आसपास पर्यटक तथा सहयोगी अलपत्र छन् ।
४ सयभन्दा बढी विदेशी पर्यटक र उनीहरूका ६ सय हाराहारी सहयोगी सदस्य अलपत्र रहेको देखिएको छ । अहिलेसम्म सरकारी स्तरबाट उद्धार हुन नसकेका र बीमा नीतिका कारण सम्बन्धित एजेन्सीबाट समेत उद्धार हुन नसकेका पर्यटकको विवरण टानले माग गरेको छ ।
प्राप्त विवरण आधारमा आवश्यक रणनीति तय गरी बुधबारदेखि उद्धार पहल गर्ने टानले उल्लेख गरेको छ । यसअघि गृह मन्त्रालय मातहत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्यटकको निजी स्तरबाट उद्धार गर्न थप अनुमति आवश्यक नपर्ने बताएको थियो ।
प्रतिक्रिया 4