+
+
Shares

यसरी मर्मत हुँदैछ बूढीगण्डकीको बाढीले प्रभावित चुमभ्याली जाने पदमार्ग

कुल चारवटा काठे पुल राख्न लागिएको छ । काठे पुल बनेसँगै चुमभ्याली जाने पदमार्ग खुल्नेछ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ कात्तिक ५ गते १३:१९

५ कात्तिक, गोरखा । पहिरो र बाढीका कारण अवरुद्ध उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग मर्मतको काम भइरहेको छ । केही दिनमै पदमार्ग खुलाउने गरि काम अघि बढाइएको छ ।

चुमनुव्री गाउँपालिका–६ स्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगाएसँगै चुम्चेत र छेकम्पार आउजाउ ठप्प छ । सोही ठाउँमा काठे पुल राखेर पदमार्ग संचालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘बूढीगण्डकी स्यार खोलामाथि रहेको क्यान्टिलिभर पुल बाढीले बगायो’, उनले भने, ‘आउजाउका लागि काठे पुल राख्ने काम भइरहेको छ ।’

कुल चार वटा काठे पुल राखिने उनले जानकारी दिए । काठे पुल बनेसँगै चुमभ्याली जाने पदमार्ग खुल्ने उनको भनाइ छ । ‘आवश्यक ठाउँमा पदमार्ग मर्मत गरिसक्यौ, अव काठे पुल राखेपछि छेकम्पारसम्मको पदमार्ग खुल्छ’, उनले भने ।

पदमार्ग संचालनमा आउन करिव दश दिन लाग्ने उनले बताए । काठे पुलले दिर्घकालिन रुपमा समस्या समाधान भने नहुने उनले जानकारी दिए । सो क्षेत्रमा पुन: क्यान्टिलिभर पुल राख्नुपर्ने वा ब्लाष्ट गरेर नयाँ ट्रयाक खन्नुपर्ने सुझाव उनको छ । ‘वर्षालागेपछि यो काठे पुल पनि बगाउँछ, आपतकालीन अवस्थाका केही समयका लागि यो जुगाड गरेका हौं’, लामाले भने ।

पालिकाको खर्चबाट पदमार्ग खुलाउने काम भइरहेको उनले बताए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?