+
+
Shares

डोलेश्वर भिलेज रिसोर्टको ११औँ साधारणसभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

२३ असोज, भक्तपुर । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सुर्यविनायक नगरपालिका–८ सिपाडोल स्थित रिसोर्टको सभाहलमा असोज २० गते साधारणसभा भएको हो ।

सभाले जारी पूँजीको ३० प्रतिशत बराबर १६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री थापा मगरले डोलेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न डोलेश्वर रिसोर्टको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा सञ्चालक बुद्धिप्रसाद पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कम्पनीको भावी व्यवसायिक रणनीति बारे सञ्चालक डोरबहादुर भण्डारीले जानकारी गराएका थिए ।

साधारणसभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टि पोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोख्रेललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो । निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षमा रामनाथ मैनाली र स्वतन्त्र सञ्चालकमा टिकाध्वज भण्डारीलाई चयन गरेको थियो ।

२०७२ सालदेखि सञ्चालनमा आएको रिसोर्ट निरन्तर नाफामा सञ्चालन हुँदै आएको कम्पनीले जनाएको छ । आईपीओबाट प्राप्त पूँजीलाई रिसोर्ट विस्तार, पूर्वाधार विकास तथा चारतारे स्तरमा स्तरोन्नति गर्न परिचालन गर्ने कम्पनीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?