News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर किङ्सले एनपीएलको तेस्रो संस्करणको तयारीमा भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ।
- कप्तान सन्दीप लामिछाने ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजमा रहेकाले प्रशिक्षणमा सहभागी छैनन् भने लोकेश बम अक्टोबर ११ देखि जोडिनेछन्।
- प्रशिक्षक धम्मिका प्रसादले भारतको प्रशिक्षण राम्रो भइरहेको र अभ्यास खेलले एनपीएलका लागि तयारी मजबुत बनाइरहेको बताउनुभयो।
२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किङ्सले भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ ।
सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछानेबाहेकका खेलाडी सहभागी भएका छन् । सन्दीप भने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजका लागि राष्ट्रिय टोलीसँग छन् । लोकेश बम अक्टोबर ११ देखि टोलीको प्रशिक्षणमा सहभागी हुनेछन् ।
पूर्वाञ्चल क्रिकेट एकेडेमीमा विराटनगर किङ्सले रणजी ट्रफीमा खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइटमा अभ्यास खेल खेलिरहेको छ। रणजीका अनुभवी खेलाडीहरूसँगको प्रतिस्पर्धाले विराटनगर किङ्सका खेलाडीलाई उच्चस्तरीय म्याच अभ्यासको अवसर पाइरहेका छन् ।
टोलीको प्रशिक्षण विराटनगर किङ्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुका सुलक्सानाले गरिरहेका छन् । प्रशिक्षक धम्मिका प्रसादले भारतमा भइरहेको प्रशिक्षण राम्रो ढंगले अघि बढिरहेको बताएका छन्। उनले खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेको र अभ्यास खेलमार्फत आफ्नो तयारीलाई थप मजबुत बनाइरहेको बताए ।
“भारतमा हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ। खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेका छन् र अभ्यास खेलमार्फत आफूलाई एनपीएलका लागि तयार गरिरहेका छन्। यहाँको प्रशिक्षण र म्याच अभ्यासले खेलाडीहरूको तयारीमा निकै सहयोग पुगेको छ,” धम्मिका प्रसादले भने ।
एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै टोलीले प्रशिक्षणसँगै म्याच अभ्यासलाई समेत प्राथमिकता दिएको छ ।
प्रतिक्रिया 4