+

एसियन गेम्स उद्घाटनको मार्चपासमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीले बोक्ने

२०८३ असोज  २ गते १९:५५ २०८३ असोज २ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने २०औं एसियन गेम्सको उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा चन्द्रबहादुर थापा र मानमती विष्टले बोक्ने भएका छन् ।
  • राष्ट्रिय खेलकुद परिषद्ले सामाजिक सञ्जालमार्फत चन्द्रबहादुर र मानमतीलाई झण्डा बोक्ने जानकारी दिएको हो ।
  • चन्द्रबहादुर दुबईको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता हुन् भने मानमती १९औं एसियन गेम्समा नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन् ।

२ असोज, काठमाडौं । जापानमा हुने २०औं एसियन गेम्सको उद्घाटन समारोहको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सामाजिक सञ्जालमार्फत उद्घाटन समारोहको मार्च पास्टमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीले बोक्ने जानकारी दिएको हो ।

चन्द्रबहादुर दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता हुन् भने मानमती १९औं एसियन गेम्समा नेपाली महिला कबड्डी टोलीले ऐतिहासिक कांस्य जित्दा टोलीकी कप्तान थिइन् ।

२०औं एसियन गेम्सको उद्घाटन शनिबार हुँदैछ ।

२०औं एसियन गेम्स चन्द्रबहादुर थापा मानमती विष्ट मार्चपास

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय