News Summary
Generated by OK AI. Editorially reviewed.- अभिषेक शर्माले दिल्लीमा अफगानिस्तानविरुद्ध ३० बलमा शतक बनाउँदै भारतका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाए ।
- उनले ३४ बलमा ९ चौका र ११ छक्का प्रहार गर्दै १०८ रन बनाएपछि राशिद खानको बलमा आउट भए ।
- भारतले १३ ओभरमा २ विकेट गुमाएर १६४ रन बनाउँदै विशाल योगफलतर्फ अघि बढिरहेको छ ।
१ असोज, काठमाडौं । भारतका ओपनर अभिषेक शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि सबैभन्दा छिटो शतक बनाउने नयाँ कीर्तिमान कायम गरेका छन् ।
दिल्लीस्थित अरुण जेटली रंगशालामा अफगानिस्तानविरुद्धको तेस्रो टी–२० मा अभिषेकले केवल ३० बलमा शतक पूरा गर्दै रोहित शर्माको नौ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
यसअघि रोहितले सन् २०१७ मा श्रीलंकाविरुद्ध इन्दौरमा ३५ बलमा शतक बनाएका थिए ।
सुरुआती केही बल सावधानीपूर्वक खेलेका अभिषेकले त्यसपछि आक्रामक शैली अपनाए । उनले अजमतुल्लाह ओमरजाइ, फजलहक फारुकी र राशिद खानजस्ता प्रमुख बलरमाथि लगातार छक्का–चौकाको वर्षा गर्दै ३० बलमै शतक योगफल पूरा गरे ।
अभिषेक ३४ बलमा ९ चौका र ११ छक्कासहित १०८ रन बनाएर आउट भए । राशिद खानको बलमा विकेटकिपर रहमानुल्लाह गुरबाजले क्याच लिएपछि उनको विस्फोटक इनिङ्स समाप्त भएको थियो ।
उनको शतकीय इनिङ्स भारतका लागि टी–२० अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमानका रूपमा दर्ज भएको छ ।
यो समाचार तयार पार्दासम्म भारतले १३ ओभरमा २ विकेट गुमाएर १६४ रन बनाउँदै विशाल योगफलतर्फ अघि बढिरहेको छ ।
प्रतिक्रिया 4