News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् ।
- विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत असलंकालाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
- असलंकाले श्रीलंकाका लागि ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा १,४६६ रन र ७ विकेट लिएका छन् ।
१ असोज, काठमाडौं । श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् ।
विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत श्रीलंकाली स्टारलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो । असलंकाले बायाँहाते ब्याटिङ र दायाँहाते अफब्रेक बलिङ गर्ने गर्छन् ।
२९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १,४६६ रन बनाएका छन् । उनले सोही क्रममा ७ विकेट पनि लिएका छन् ।
समग्र टी–२० क्रिकेटमा उनको अनुभव अझ प्रभावशाली छ । असलंकाले १८५ खेलमा ३,७१५ रनका साथै ३७ विकेट आफ्नो नाममा गरेका छन् ।
उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र यूएईको इन्टरनेशनल लिग टी–२० जस्ता प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन् ।
विराटनगरले यसअघि दोस्रो संस्करणमा फाफ डुप्लेसीलाई भित्र्याएको थियो ।
प्रतिक्रिया 4