+
२०औं एसियन गेम्स :

एसियन गेम्स महिला भलिबलको दोस्रो खेलमा नेपालले इन्डोनेसियासँग खेल्दै

२०८३ असोज  १ गते ८:१९ २०८३ असोज १ गते ८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सको महिला भलिबलमा नेपालले आज इन्डोनेसियासँग अपरान्ह ४:०५ बजे नागोयाको पार्क एरेना कोमाकीमा खेल्दैछ ।
  • समूह ए मा शीर्ष दुई टोली क्वाटरफाइनल पुग्ने भएकाले नेपाललाई इन्डोनेसियाविरुद्ध जित्नैपर्ने अवस्था छ ।
  • नेपाल पहिलो खेलमा जापानसँग ३-० ले पराजित भएको थियो, र हारेमा समूह चरणबाट बाहिरिनेछ ।

१ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपालले आज इन्डोनेसियासँग खेल्दैछ ।

समूह ए मा रहेको नेपालका लागि क्वाटरफाइनल पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने आवश्यकता छ । नेपाल पहिलो खेलमै बलियो टोली जापानसँग ३-० को सेटमा पराजित भएको थियो ।

३ टोली मात्र समावेश रहेको यो समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् । त्यसैले नेपाल पराजित भएमा भने समूह चरणबाट बाहिरिनेछ ।

नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४:०५ बजे नागोयाको पार्क एरेना कोमाकीमा हुनेछ ।

२०औं एसियन गेम्सको महिला भलिबलमा एसियाका उत्कृष्ट १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

एसियन गेम्सको औपचारिक उद्घाटन कार्यक्रम सेप्टेम्बर १९ (शनिबार) भएपनि विभिन्न खेलका प्रतिस्पर्धाहरु भने त्यसअघि नै सुरु भइसकेको छ ।

२०औं एसियन गेम्समा आज देखि महिला क्रिकेट र टेकबलका खेलहरु पनि सुरु हुँदैछ ।

यस बाहेक आज बास्केटबल, फुटबल र मोडर्न पेन्टाथलनका खेलहरु पनि सञ्चालन हुनेछन् ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय