+

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको गोलवर्षा

२०८३ असोज  १ गते ७:२३ २०८३ असोज १ गते ७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले रेसिङ डे सान्टान्डरलाई ७–२ ले हराउँदै ला लिगामा लगातार छैटौं जित दर्ता गरेको छ।
  • बार्सिलोनाले घरेलु मैदानमा जोआओ कान्सेलो, राफिन्हा, गाब्रिएल जिसस र लामिन यमालको गोलमा पहिलो हाफमै ४–१ को अग्रता बनाएको थियो।
  • ६ खेलबाट १८ अंकसहित बार्सिलोना ला लिगाको शीर्ष स्थानमा कायम छ, भने दोस्रो स्थानको रियलका १५ अंक छन्।

१ असोज, काठमाडौं । राफिन्हाको ह्याट्रिक प्रेरित बार्सिलोनाले ला लिगामा रेसिङ डे सान्टान्डरलाई ७–२ ले पराजित गर्दै लगातार छैटौं जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्‍यो । जोआओ कान्सेलोले आठौं मिनेटमा गोल गर्दै खाता खोलेपछि राफिन्हाले २५औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे ।

रेसिङका मागुएट गुएयेले एक गोल फर्काए पनि ३६औं मिनेटमा एसियर भिल्लालिब्रेको आत्मघाती गोल र त्यसपछि राफिन्हाको दोस्रो गोलसँगै बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि रह्यो ।

दोस्रो हाफमा यासिर जबिरीले पाहुना टोलीका लागि अर्को गोल गरे पनि राफिन्हाले ६७औं मिनेटमा पुनः पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे । त्यसपछि गाब्रिएल जिसस र लामिन यमालले एक–एक गोल थप्दै बार्सिलोनाको फराकिलो जित सुनिश्चित गरे ।

यो सिजन राफिन्हाले सबै प्रतियोगितामा ११ गोल गरिसकेका छन्, जसमा ९ गोल ला लिगामै आएका छन् । प्रशिक्षक हान्सी फ्लिकको टोलीले सात खेलमा ३३ गोल गर्दै उत्कृष्ट लय कायम राखेको छ ।

लगातार छैटौं जितसँगै बार्सिलोना ६ खेलबाट शतप्रतिशत १८ अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानको रियलको ६ खेलमा १५ अंक छ ।

बार्सिलोना राफिन्हा स्पानिस ला लिगा स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय