News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका प्रमुख स्पीनर वरुण चक्रवर्ती चोटका कारण जापानविरुद्धको एकमात्र टी–२० अन्तर्राष्ट्रिय र एसियन गेम्स २०२६ दुवैबाट बाहिरिएका छन् ।
- बीसीसीआईले वरुणको स्थानमा लेगस्पिन अलराउन्डर विप्राज निगमलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरेको छ ।
- एसियन गेम्समा भारतले सोझै क्वाटरफाइनल खेल्नेछ, र नेपाल दोस्रो स्थानमा रहेमा भारतसँग भेट हुन सक्छ ।
३१ भदौ, काठमाडौं । भारतका प्रमुख स्पीनर वरुण चक्रवर्तीले चोटका कारण जापानविरुद्धको एकमात्र टी–२० अन्तर्राष्ट्रिय र एसियन गेम्स २०२६ दुवै गुमाउने भएका छन् ।
भारतले यसअघि गत जेठमै एसियन गेम्सका लागि टोली घोषणा गरेको थियो । तर अफगानिस्तानविरुद्ध दिल्लीमा भएको पहिलो टी–२० खेलका क्रममा साइड स्ट्रेन भएपछि वरुणलाई अन्तिम टोलीबाट बाहिर राखिएको हो ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले उनको स्थानमा लेगस्पिन अलराउन्डर विप्राज निगमलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरेको छ । त्यस्तै नितिश कुमार रेड्डीलाई एसियन गेम्स टोलीबाट हटाएर वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा राखिएको छ ।
२४ वर्षीय निगम २०२५ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि चर्चामा आएका थिए । उनले त्यस सिजन १४ खेलमा ११ विकेट लिनुका साथै तीव्र गतिमा रन पनि बनाएका थिए ।
यस वर्ष श्रीलंकामा भएको भारत ‘ए’ को एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा सात विकेट र ११६ रनसहित प्रभावशाली प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा अवसर पाएका हुन् ।
वरुणको अनुपस्थितिमा भारतले अक्षर पटेल र रवि बिश्नोईलाई पहिलो रोजाइका स्पिनरका रूपमा उतार्ने सम्भावना रहेको छ भने वासिङ्टन सुन्दर र विप्राज निगम वैकल्पिक विकल्प रहनेछन् ।
एसियन गेम्समा भारतले सोझै क्वाटर फाइनल खेल्नेछ । समूह ‘ए’ मा रहेको नेपालले अफगानिस्तान र जापानसँग खेलेर दोस्रो स्थानमा रहेमा भारतसँग क्वाटरफाइनलमा भेट हुनेछ ।
एसियन गेम्सका लागि भारतीय टोली : श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), रवि बिश्नोई, अभिषेक शर्मा, जसप्रित बुमराह, अक्षर पटेल, हर्षित राना, इशान किशन, अर्शदीप सिंह, शिवम दुबे, वैभव सूर्यवंशी, विप्राज निगम
प्रतिक्रिया 4