+

नेपाल र बंगलादेशबीच कीर्तिपुरमा ऐतिहासिक टी–२०आई शृङ्खला हुने

२०८३ भदौ  ३१ गते १९:१२ २०८३ भदौ ३१ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यान र बीसीबीको संयुक्त पहलमा सन् २०२७ मार्च २६, २८ र ३० मा कीर्तिपुरमा नेपाल–बंगलादेशबीच तीन खेलको टी–२०आई शृङ्खला हुने भएको छ।
  • उक्त शृङ्खला हालै नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाको स्मृतिमा समर्पित गरिने क्यानले जनाएको छ।
  • बीसीबीले नेपालको महिला क्रिकेट, उमेर समूह क्रिकेट र क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्ने तथा नेपाल ‘ए’ टोलीका भ्रमणलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।

३१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा आगामी मार्चमा नेपाल र बंगलादेशबीच तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला कीर्तिपुरमा आयोजना हुने भएको छ ।

नेपाल र बंगलादेशबीच सन् २०२७ मार्च २६, २८ र ३० मा तीन खेलको टी-२०आई शृङ्खला आयोजना हुने भएको क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

कुनैपनि टेस्ट राष्ट्रले नेपालमा आएर शृङ्खला खेल्न लागेको यो पहिलोपटक हुनेछ । यसकारण यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो शृङ्खला हुनेछ ।

उक्त शृङ्खला हालै नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिको स्मृतिमा समर्पित गरिनेछ । शृङ्खलामार्फत दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार र विपद्प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गरिने जनाइएको छ ।

क्यान र बीसीबीले क्रिकेटलाई दुई देशका जनतालाई जोड्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै यो शृङ्खलालाई मित्रता, मानवीय संवेदना र सहकार्यको विशेष सन्देश बोकेको प्रतियोगिताका रूपमा अघि बढाउने निर्णय गरेका छन्।

विज्ञप्तिअनुसार दुवै बोर्डबीचको सहकार्य केवल अन्तर्राष्ट्रिय शृङ्खलामा सीमित रहने छैन । बीसीबीले नेपालको महिला क्रिकेट, उमेर समूह क्रिकेट तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै, भविष्यमा नेपाल ‘ए’ टोलीका भ्रमण र द्विपक्षीय ‘ए’ टोली शृङ्खलालाई पनि प्रोत्साहन गरिनेछ।

क्यान र बीसीबीले संयुक्त रूपमा क्रिकेटमार्फत दुःखको घडीमा एकता, सहानुभूति र दुई छिमेकी राष्ट्रबीचको ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुका साथै नेपालको क्रिकेट विकासमा दीर्घकालीन सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली क्रिकेट नेपाली क्रिकेट टोली बंगलादेश क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय