News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले थाई एयरलाइन्सको बैंकक उडान टीजी ३२० मा पाएको सिट व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।
- लामाका अनुसार चेक–इन काउन्टरकी कर्मचारीले ३८'डी' राम्रो सिट भनेकी थिइन्, तर विमानभित्र त्यो ट्वाइलेटबाट करिब दुई फिट टाढा र गन्ध आउने स्थानमा रहेछ ।
- उनले भिडियो पोस्ट गर्दै आफूलाई खेलाडीहरूसँगै सिट नदिइएको र 'सायद उहाँलाई मेरो अनुहार मन परेनछ' भनेका छन् ।
३१ भदौ, काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एसियन गेम्समा सहभागी हुन जापान जाने क्रममा थाई एयरलाइन्सको बैंकक उडानमा आफूले पाएको सिट व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।
लामाले सामाजिक सञ्जालमा लेख्दै थाई एयरलाइन्सको टीजी ३२० उडानमा चेक–इन गर्दा खेलाडीहरूसँगै सिट मिलाइदिन अनुरोध गरेको बताए । उनका अनुसार चेक–इन काउन्टरमा रहेकी कर्मचारीले ३८’डी’ राम्रो सिट भन्दै उपलब्ध गराएकी थिइन् ।
तर विमानभित्र पुगेपछि उक्त सिट ट्वाइलेटबाट करिब दुई फिटको दूरीमा रहेको, त्यहाँबाट गन्ध आउने तथा खेलाडीहरूभन्दा टाढा परेको उनले उल्लेख गरेका छन् ।
‘३८ डी राम्रो सिट हो भनेर दिनुभयो । तर विमानमा पुगेपछि हेर्दा ट्वाइलेटबाट गन्ध आउने, ट्वाइलेटसँग करिब २ फिट मात्र फरक भएको सिट रहेछ । त्यो पनि खेलाडीहरूभन्दा टाढा परेको थियो। सायद उहाँलाई मेरो अनुहार मन परेनछ’ लामाले एक भिडियो पोस्ट गर्दै स्टाटस लेखेका छन् ।
उक्त विमान हाल बैंककतर्फ उडिरहेको छ ।
प्रतिक्रिया 4