News Summary
Generated by OK AI. Editorially reviewed.- राखेपका सदस्य सचिव रामचरित्र मेहता २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् ।
- दशौं राष्ट्रिय खेलकुदका तयारी अघि बढाउन जापान नजाने निर्णय गरेको उनले अनलाइनखबरसँग भने ।
- सेफ द मिसनको रुपमा कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी रहेको मेहताले बताए ।
३१ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहता २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् ।
यसअघि सदस्य सचिव मेहता सेफ द मिसनको रुपमा जापान जाने तय भएको थियो । तर, दशौं राष्ट्रिय खेलकुदका तयारी गर्नुपर्ने भएकाले एसियन गेम्समा नजाने मेहताले जानकारी दिए ।
‘म जापान जानु भनेको दशौं सार्नु हो । १५-२० दिन जापान बसेपछि दशौं हुँदैन । सदस्य सचिव नहुँदा दशौंको काम अगाडि बढ्दैन । त्यसैले म जापान नगए गेम हुन्छ । तर, दशौं समयमा नहुन सक्छ । त्यसैले एसियन गेम्समा नजाने निर्णय गरेको हूँ’ उनले अनलाइनखबरसँग भने ।
सेफ द मिसनको रुपमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी रहेको सदस्यसचिव मेहताले बताए ।
जापान जान लागेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल पनि नजाने मनस्थितिमा छन् ।
प्रतिक्रिया 4