News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी प्रिमियर कप २०२६ जितेर एसिया कप २०२७ मा स्थान बनाएको नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद सम्मान गर्ने घोषणा गरेको छ।
- फ्रेन्चाइजले टोलीका प्रत्येक खेलाडी र सहयोगी स्टाफलाई जनही ५० हजार रुपैयाँ दिने जनाएको छ।
- कप्तानी गरेर ऐतिहासिक सफलता दिलाएका मार्की खेलाडी सन्दीप लामिछानेलाई विशेष सम्मानस्वरूप १ लाख रुपैयाँ प्रदान गरिनेछ।
३० भदौ, काठमाडौं । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ मा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद सम्मान गर्ने घोषणा गरेको छ ।
फ्रेन्चाइजले टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
साथै, टोलीको कप्तानी गर्दै ऐतिहासिक सफलता दिलाएका विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई विशेष सम्मानस्वरूप १ लाख रुपैयाँ प्रदान गरिनेछ ।
विराटनगर किङ्सले नेपाली क्रिकेटको विकास, खेलाडीको मनोबल अभिवृद्धि र राष्ट्रिय टोलीको सफलताप्रति आफ्नो साथ रहने प्रतिबद्धतासहित उक्त सम्मान घोषणा गरेको जनाएको छ ।
प्रतिक्रिया 4