+

रोहित, उसमानी र खुजाइमालाई आईसीसीको कारबाही

२०८३ भदौ  ३० गते १९:२६ २०८३ भदौ ३० गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी पुरुष प्रिमियर कप फाइनलमा आचारसंहिता उल्लंघन गरेको भन्दै आईसीसीले नेपालका रोहित पौडेल र यूएईका अदीब उसमानीलाई खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ।
  • आईसीसीले यूएईका खुजाइमा तनवीरलाई आउट भएपछि ब्याटले स्टम्प प्रहार गरेको भन्दै खेल शुल्कको १० प्रतिशत जरिवाना गरेको छ।
  • तीनै खेलाडीको अनुशासन अभिलेखमा एक–एक डिमेरिट अंक थपिएको छ, र उनीहरूले आरोप स्वीकार गरेपछि औपचारिक सुनुवाइ भएन।

३० भदौ, काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको फाइनलका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका ब्याटर रोहित पौडेल तथा संयुक्त अरब इमिरेट्स (यूएई) का अदीब उसमानी र खुजाइमा तनवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

आईसीसीले रोहित र उसमानीलाई लेभल–१ अन्तर्गत खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ । उनीहरूले नेपालका इनिङ्सको ३१औं ओभरमा मैदानमै विवादमा उत्रिएपछि स्थिति शान्त बनाउन प्रयास गरिरहेका अम्पायरको निर्देशन नमानेको ठहर गरिएको हो ।

यस्तै, यूएईका खुजाइमा तनवीरलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ । यूएईको इनिङ्सको ४६औं ओभरमा आउट भएपछि उनले ब्याटले स्टम्प प्रहार गरेका थिए ।

तीनै खेलाडीको अनुशासन अभिलेखमा एक–एक डिमेरिट अंक पनि थपिएको छ । पछिल्लो २४ महिनामा उनीहरूको यो पहिलो आचारसंहिता उल्लंघन भएकाले थप निलम्बन भने लागेको छैन ।

आईसीसीका अनुसार तीनै खेलाडीले आरोप स्वीकार गर्दै प्रस्तावित सजाय मानेका कारण औपचारिक सुनुवाइ आवश्यक परेको थिएन ।

आईसीसीको कारवाही रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय