News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली याक्सले स्कटल्यान्डका बलिङ अलराउन्डर मार्क वाटलाई नेपाल प्रिमियर लिग २०२६ मा पनि निरन्तरता दिएको छ ।
- ३० वर्षीय वाटले स्कटल्यान्डका लागि ८३ टी-२०आईमा ९४ विकेट र ३२१ रन बनाएका छन् ।
- वाटले गत संस्करणको एनपीएलमा शतक बनाएका थिए, र लिग कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।
३० भदौ, काठमाडौं । स्कटल्यान्डका बलिङ अलराउन्डर मार्क वाटले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।
कर्णालीले यस सिजनको पहिलो विदेशी खेलाडीका रूपमा वाटलाई निरन्तरता दिएको घोषणा गरेको हो ।
३० वर्षीय वाटले स्कटल्यान्डका लागि समग्र टी-२०आईमा ८३ खेलमा ९४ विकेट लिएका छन् । ३२१ रन पनि बनाएका छन् ।
समग्र टी-२०मा १३१ खेलमा १२३ विकेट लिएका छन् । ४०३ रन बनाएका छन् ।
उनले गत संस्करणको एनपीएलमा शतक पनि बनाएका थिए ।
एनपीएल कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।
प्रतिक्रिया 4