+

२४औ लिस्नु कप फुटबल : उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी

२०८३ भदौ  ३१ गते २२:०४ २०८३ भदौ ३१ गते २२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा सुरु भएको २४औं लिस्नु कप नकआउट फुटबलको उद्घाटन खेलमा कपिलवस्तु ११ ले फूलबारी गाइज बुटवललाई ५–३ ले हराएको छ।
  • कपिलवस्तुको जितमा कृष्ण आलेले चार गोल गरे र उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
  • प्रतियोगितामा १२ टोली सहभागी छन् र विजेताले ३ लाख ५१ हजार १११ रुपैयाँ तथा उपविजेताले २ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्।

३१ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा बुधबारदेखि सुरु भएको २४औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी भएको छ ।

लिस्नु युवा क्लबको आयोजनामा पशुपति माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा कपिलवस्तुले फूलबारी गाइज बुटवललाई ५–३ गोलअन्तरले पराजित गरेको हो ।

कपिलवस्तुको जितमा कृष्ण आलेले एक्लैले चार गोल गरे । उनले पहिलो, नवौं, ३०औं र ४५औं मिनेटमा गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए । अर्को गोल मनिष थारुले गरे ।

फूलबारीका लागि सन्दीप कार्की, सरोज गुरुङ र अनोज गैरेले एक–एक गोल फर्काए । खेलका उत्कृष्ट खेलाडी कृष्ण आले घोषित भए ।

प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, स्याङ्जा, पश्चिम नवलपरासी, पाल्पा र कपिलवस्तुका १२ टोलीको सहभागिता रहेको छ । बिहीबार आयोजक लिस्नु युवा क्लब र पाल्पा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १११ रुपैयाँ तथा उपविजेताले २ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही ११ हजार रुपैयाँ तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले गरेकी थिइन्। उद्घाटन समारोहमा क्लबले दुई जना विद्यार्थीलाई साइकल वितरणसमेत गरेको थियो।

२४औं लिस्नु कप फुटबल लिस्नु कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय