+

नेपाल, क्यानडा र ओमानबीचको लिग–२ शृङ्खला ओमानमै हुने संकेत

२०८३ भदौ  ३१ गते २२:१३ २०८३ भदौ ३१ गते २२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले नेपाल, क्यानडा र ओमानबीच अक्टोबर ९ देखि हुने लिग–२ त्रिकोणात्मक एकदिवसीय शृङ्खला ओमानमै आयोजना गर्न स्वीकृति दिएको छ।
  • हर्मुज जलडमरूमध्यको सुरक्षा चिन्ताका कारण शृङ्खला अन्यत्र सार्ने चर्चा चलेको थियो, तर क्यानडाको द टोरन्टो सनले आईसीसीको अन्तिम स्वीकृति जनाएको छ।
  • क्यानडाले २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै तीन साताको प्रशिक्षण शिविर सुरु गर्ने भएको छ, र लिग–२ तालिकामा ओमान, क्यानडा तथा नेपालका लागि शृङ्खला महत्त्वपूर्ण छ।

३१ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, क्यानडा र ओमानबीच अर्को महिना हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खला ओमानमै हुने संकेत देखिएको छ ।

हर्मुज जलडमरूमध्य क्षेत्रमा उत्पन्न सुरक्षा चिन्ताका कारण शृङ्खला अन्यत्र सारिने चर्चा चले पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शृङ्खला आयोजनाका लागि अन्ततः स्वीकृति दिएको क्यानडाको समाचार संस्था द टोरन्टो सनले जनाएको छ।

अक्टोबर ९ देखि सुरु हुने शृङ्खलाका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै क्यानडाले तीन साताको प्रशिक्षण शिविरसमेत सुरु गर्ने भएको छ ।

यो शृङ्खला तीनै टोलीका लागि लिग–२ अंकतालिकाको दृष्टिले महत्त्वपूर्ण हुनेछ । हाल अंकतालिकामा ओमान २८ खेलमा ३१ अंकका साथ चौथो स्थानमा छ । क्यानडा ३२ खेलमा २५ अंकसहित छैटौं तथा नेपाल ३२ खेलमा २४ अंकसहित सातौं स्थानमा छ ।

एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएपछि नेपाली टोलीको ध्यान अब केही दिनलाई एसियन गेम्सतर्फ हुनेछ भने त्यसपछि पुनः ५० ओभरको लिग–२ अभियानतर्फ केन्द्रित हुनेछ ।

ओमानमा हुने शृङ्खलाको विस्तृत खेल तालिका भने आईसीसीले सार्वजनिक गर्न बाँकी छ ।

नेपाली क्रिकेट लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय